PRABHU BANK

सिटिजन्स बैंकले ल्यायो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवा

 citizens bank
  • बैंकिङ संसार 
काठमाडौं – सिटिजन्स बैंकले आफ्नो घरमै बसेर अनलाईन खाता खोल्न सकिने सेवाको स्तरोन्नत्ती गरेको छ । यससँगै बैंकको वेबसाइटमार्फत अनलाईन खाता खोल्न सकिने सुविधालाई थप परिष्कृत रुपमा आफ्नो ग्राहकसामु प्रस्तुत गरेको छ ।
यससँगै, ग्राहकले घरमै बसीबसी बैंकको जुनसुकै शाखा कार्यलयमा आफ्नो ईच्छा अनुसारको सर्वाधिक उच्च ब्याजदर सहितको बचत खाता तथा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । उक्त खाता खोल्न साथ ग्राहकहरुले नियमित रुपमा बैैकिङ कारोबार गर्न सक्नेछन् । यस अत्याधुनिक प्रविधिको प्रयोगबाट अनलाईन खाता खोल्न थप सुरक्षित, छिटो, छरितो, चुस्त र दुरुस्त हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ ।
कोरोना महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै, यस बैंकको ए.टि.एम कुनै पनि बैंकको ए।टि।एम मा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै