PRABHU BANK

लुम्बिनी विकास बैंकद्वारा विपन्न वर्गलाई खाद्यान्न सामाग्री हस्तान्तरण

 limbini bikas bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंक हरिनगरा शाखाले लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न वर्गलाई राहत वितरण गर्ने उद्देश्यले राहत सामग्री सहयोग गरेको छ । लुम्बिनी विकास बैंक हरिनगरा शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरिनगर गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । बैंकले हरिनगर गाउँपालिकालाई ५० हजार बराबरको एक हजार केजी चामल खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
बैंकका हरिनगरा शाखाप्रमुख अशोक मेहताले उक्त राहत सामग्री हरिनगर गाउँपालिकाका प्रशासन अधिकृत सुजन ढुङ्गेललाई हस्तान्तरण गरेको छ ।देशमा लकडाउन गरिएको कारण दैनिक ज्याला मजदुरी गरी छाक टार्ने परिवारलाई निकै गाह्रो भएको हुँदा बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भएपनि राहत मिल्ने विश्वास बैंकको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै