prabhu

सहयोगी विकास बैंकले वार्षिक साधारणसभाको मिति र स्थान तय

sahayogi Bikas Bank
  • बैंकिङ संसार
काठमाण्डौ । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ। बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले सभा यही जेठ २४ गते शनिबार बैंकको केन्द्रीय कार्यालय जनकपुरको हातामा आयोजना गर्ने निर्णय हो । यो बैंक सिजिन्स बैंकले प्राप्ति गर्न लागेको छ। सभामा सिजिन्स बैंकसँग विलय हुने मुख्य प्रस्ताव पारित हुनेछ । 
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक भेला तथा समारोह गर्नमा लगाएको प्रतिबन्ध लगाएको छ। सोही कारणले नेपाल राष्ट्र बैंकले बैंकलाई डिजिटल प्रविधिमार्फत साधारणसभा गर्न अनुमति दिएको छ। सभा डिजिटल प्रविधिमार्फत सञ्चालक एवं शेयरधनीहरुले सहभागिता गराउँदै आयोजना गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर खड्काले जानकारी दिए । 
आफ्ना शेयरधनीहरुलाई वर्तमान अवस्थाको मूल्यांकन गर्दै सम्भव भएसम्म डिजिटल प्रविधिमार्फत सभामा सहभागिता जनाइदिन बैंकले आग्रह गरेको छ। प्रत्यक्ष सहभागिता जनाउने शेयरधनीहरुलाई भने कोरोनाबाट बच्न अपनाउनुपर्ने सावाधानीका सबै किसिमको उपायहरु अबलम्बन गरिने खड्काले बताए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै