प्रभु बैंक लिमिटेड र हार्नेस् जिपलाइनबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

prabhu Bank
  • बैंकिङ संसार
काठमाडौँ । प्रभु बैंक लिमिटेड र कुस्मा, पर्वत स्थित हार्नेस् जिपलाइनबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश इन्चार्ज राजु राना मगर र हार्नेस् जिपलाइन प्रा.लि.का तर्फबाट अध्यक्ष विदुर पौड्यालले सम्झौतामा पत्रमा हस्ताक्षर गरेका हुन्।
प्रभु बैंक र उक्त जिपलाइनबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले हार्नेस् जिपलाइन प्रा.लि. द्धारा सञ्चालित (ट्यान्डम, सुपरम्यान एण्ड क्लासिक जिपलाइन ) सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् ।
उक्त सम्झौता अन्तर्गत हार्नेस् जिपलाइन प्रा.लि. मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, हार्नेस् जिपलाइन प्रा.लि. का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्