National

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

 muktinath bikas bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लघु कर्जा लिएका मृतकको ऋणको साँवा मिनाहा र ब्याज बराबरको रकम फिर्ता गरेको छ । बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएको बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको हो ।
बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम २२ हजार ४ सय ९९ रुपैयाँ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ०३ हजार ४ सय ८३ रुपैयाँ र काजक्रिया खर्च बापतको ५ हजार रुपैयाँ समेत गरी जम्मा २ लाख ८ हजार ४ सय ८३ रुपैयाँ बैंकले हस्तान्तरण गरेको हो ।
उक्त रकम बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै