prabhu

एनआईसी एशिया बैंकद्वारा प्रमुख कार्यकारी अधिकृत पदमा रोशन कुमार न्यौपाने पुन: नियुक्त

nic asia bank
  • बैंकिङ संसार
काठमाडौँ । एनआईसी एशिया बैंकद्वारा प्रमुख कार्यकारी अधिकृत पदमा रोशन कुमार न्यौपाने पुर्ननियुक्त भएका छन् । बैंकको कार्तिक १६ गते बसेको सञ्चालक समितिको ५७३ औं बैंठकले रोशन कुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्ननियुक्त गरेको हो।
हाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेका न्यौपानेलाई बैंकको सञ्चालक समितिले २०७९ मंसिर १५ गतेदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृतको पदमा थप ४ वर्षको अवधिको लागि पुर्ननियुक्त गर्ने निर्णय गरेको छ ।
नेपाली बैंकिङ क्षेत्रमा ‘स्ट्राटिजी मेकर’का रुपमा परिचित न्यौपानेले सन् २००८ बाट एनआईसी एशिया बैंकको सेवामा हात हालेका थिए । त्यसबेला न्यौपाने तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परिक्षण विभागको इन्चार्जका रुपमा जिम्मेवारी सम्हालेका थिए ।
सिईओको पहिलो कार्यकाल सफल रुपमा सम्पन्न गरेका न्यौपाने पुनः एनआईसी एशियाकै सिईओका रुपमा नियुक्त भएका हुन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै