National

मणिराम पोखरेल प्रभु बैंक लिमिटेडको डेपुटी सिईओमा नियुक्त, ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव !

 Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकको डेपुटी सीईओमा मणिराम पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितिको निर्णय अनुसार उनलाई साउन १ गतेदेखी लागु हुने गरी डेपुटी सीईओमा नियुक्त गरेको हो । पोखरेलले नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए ।

सन् १९९० देखि सहायक स्तरबाट बैंकिङ्ग करियर शुरु गरेका पोखरेलसँग ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनीसंग नेपाल एसबिआई बैंक, एनसीसी बैंक र हिमचुली विकास बैंकमासमेत काम गरेको अनुभव छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै