National

मुक्तिनाथ विकास बैंकको स्तवन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त

 Muktinath Bikas-Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्तवन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । बैंकका सञ्चालक समितिको बैठकले ४ वर्ष कार्यकालको लागि शर्मालाई नियुक्त गरेको हो । नेपाल सरकारको उच्च पदमा रही विभिन्न मन्त्रालय अन्तर्गत ३९ वर्ष कार्य गरीको अनुभव शर्मासँग छ । शर्माले नेपालमा व्यवस्थापन विज्ञको रुपमा पनि दातृ निकायहरुमा नीतिगत परामर्शदाताको रुपमा कार्य गरेका छन् ।
उनले लिभरपुल विश्वविद्यालय बेलायतबाट तथा त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर तहगरेका छन् । त्यस्तै, त्रिभुवन विश्वविद्यालयबाट बिजनेस एडमिनिष्ट्रेशन विषयमा स्नातकोत्तर गरेका छन् भने सर्रे विश्वविद्यालय बेलायतबाट टुरिजम म्यानेजमेन्ट विषयमा अध्ययन गरेका छन् । बैंकले हालसम्म नेपालभरी १३७ वटा शाखाहरुमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै