PRABHU BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकका ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Tinau  Mission Development Bank
  • बैंकिङ संसार
तौलिहवा । तिनाउ मिसन डेभलपमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । तौलिहवामा रहेका उक्त बैंकको एकै शाखामा कार्यरत ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै, तौलिहवामै रहेको मेगा बैंक नेपाल लिमिटेडको १ कर्मचारी र लक्ष्मी बैंक लिमिटेडका १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
यसैगरि कपिलवस्तुमा रहेका नेपाल बैंकका शाखाका २ कर्मचारी, एभरेष्ट बैंकका १ कर्मचारी, मेगा बैंकका १ कर्मचारी, ग्लोबल आइएमइ बैंकका ३ कर्मचारी र कृषि बिकास बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि कपिलवस्तुमा बैंकका सबै शाखाहरु बन्द गरिएको छ । धेरैजसो लोन र क्यासमा काम गर्ने कर्मचारीहरुमा कोरोना संक्रमण भेटिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । त्यस्तै, संक्रमित व्यक्तिहरुलाई छुट्टै आइसोलेसनको व्यवस्था रहेको पनि बताए । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै