PRABHU BANK

सनराइज बैंकले गर्यो कोरोना कोषलाई आर्थिक सहयोग, शारदा शर्माद्धारा चेक हस्तान्तरण

 Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले कोरोना कोषलाई आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ आर्थिक सहयोग गरेको हो । एक कार्यक्रमकाबीच उक्त रकम बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् । 
सोही कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी शाहको पनि उपस्थिति रहेको थियो । आफुले प्रदान गरिएको रकमबाट कोरोना रोकथाम एवं नियन्त्रण गर्नको लागि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 
उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिँदै आगमी दिनहरुमा बैंकले गर्ने कार्यहरुको लागि पनि शुभकामना दिए । सनराइज बैंकले यसअघि पनि देशका विभिन्न प्रदेश सरकार, स्थानीय तह र अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामाग्रीहरु प्रदान गरीसेकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै