National

ग्लोबल आइएमई बैंकद्धारा कल सेन्टरको सुरुवात, घरमै बसेर बैंकिङ जानकारी लिन सकिने

 Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल कनेक्ट नामक कल सेन्टरको सुरुवात गरेको छ । बैंकले ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै घरमै बसेर बैंकिङ जानकारी लिन सकिने गरी उक्त कल सेन्टरको सुरुवात गरेको हो । ग्राहकहरुले ग्लोबल कनेक्टमार्फत सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी आफ्ना जिज्ञासाहरु राख्नको लागी सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, ग्राहकहरुले +९७७–१–५९७०६०० मा फोन गरी बैंकको सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । 
बैंकले नेपालभर ७१ वटा जिल्लामा फैलिएको २ सय ५९ वटा शाखा सञ्जाल, २ सय १८ वटा शाखा रहित बैंकिङ्ग सेवा, २ सय ३५ वटा एटिएम र ४० वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ३ अन्तर्राष्ट्रिय प्रतिनिधिरसम्पर्क कार्यालयमार्फत सेवा पनि प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै