National

प्रभु बैंकको जोरपाटी शाखाबाट राजश्व संकलन सेवा सुरु

 Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले जोरपाटी शाखाबाट राजश्व संकलन सेवा सुरु गरेको छ । बैंकले गत सोमबारबाट आन्तरिक राजश्व संकलन सेवा सुरु गरेको हो । बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जोरपाटीको राजश्व संकलन गरेर आफ्नो सेवा विस्तार गरेको छ । 
बैंकिङ सेवाबाट स्थानीय वासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ । प्रभु बैंकले देशभरी २ सय ८ वटा शाखा कार्यालय, १ सय ७३ वटा एटिएम, ५२ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै