National

बैंक अफ काठमाण्डूमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Bank Of Kathmandu
  • बैंकिङ संसार
पोखरा । बैंक अफ काठमाण्डूमा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको पोखरामा रहेको शाखामा कार्यरत १ महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी पोखरास्थित खैरेनीटार शाखामा कार्यरत कर्मचारी हुन् । उनलाई कोरोना संक्रमण भएपछी आइसोलेसनमा राखिएको हो ।
उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, बैंकका अन्य बाँकी सबै कर्मचारीहरुलाई क्वारेन्टाईनमा राखिएको छ । संक्रमितको अहिले स्वास्थ्यस्थिति भने सामान्य रहेको छ । बैंकका कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएसँगै बैंकको उक्त शाखा बन्द गरिएको छ । यस अगाडि पनि पोखरामै रहेको सिद्धार्थ बैंकमा कार्यरत १कर्मचारीमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै