नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशी पक्राउ

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशी प्रहरीको फन्दामा परेका छन्। सरकारी सम्पत्ति लिलाम प्रकरणमा बैंकका कर्मचारी भाष्कर जोशी प्रहरीको फन्दामा परेका हुन्।

उनलाई अध्यागमनले नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको हो । अध्यागमनको कालोसूचीमा रहेका उनी भारतबाट नेपाल आउँदै थिए ।

उनी एयर इण्डियाको फ्लाइटबाट काठमाडौँ आउँदै गरेको बुझिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्