- बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार (भाद्र ५) देखि लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको बचत खातामा न्युनतम ३.५ प्रतिशत र अधिकतम ५.५ प्रतिशत व्याजदर कायम गरेको छ ।
बैंकले २१ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । जसमध्ये ६ प्रकारको बचत खातामा ५ प्रतिशत, १ प्रकारको बचत खातामा ४.५ प्रतिशत, ६ प्रकारको बचत खातामा ४ प्रतिशत, ७ प्रकारको बचत खातामा ३.५ प्रतिशत र १ प्रकारको बचत खातामा ५.५ प्रतिशतका दरले व्याज दिने भएको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः