काठमाडौँ। नेपाल राष्ट्र बैंकले नयाँ सहप्रवक्ता पाएको छ। आज जेठ १८ गतेदेखि लागू हुने गरी नेपाल राष्ट्र बैंकले नयाँ सहप्रवक्ता पाएको हो।
राष्ट्र बैंकले नयाँ सहप्रवक्ताको जिम्मेवारी सुधा श्रेष्ठलाई दिएको छ। श्रेष्ठलाई केन्द्रीय बैंकको सहप्रवक्ताको जिम्मेवारी दिइएको हो।
योसँगै उनले सूचना अधिकारीको भूमिका पनि निर्वाह गर्ने छिन्। श्रेष्ठ हाल राष्ट्र बैंकमा कामु निर्देशकका रुपमा कार्यरत छिन्।


