PRABHU BANK

लक्ष्मी बैंकले ल्यायो ‘सेभ लाइक अ च्याम्पियन’ योजना

Laxmi bank
  • बैंकिङ संसार 
काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै बचत गरौ‌ं, च्याम्पियन बनौं ‘सेभ लाइक अ च्याम्पियन’ योजना सञ्चालन गर्ने भएको छ ।
बैंकले बचतको महत्वलाई उजागर गर्न गोल रक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ उक्त योजना सञ्चालन गर्ने भएको छ ।
यस अभियानले वर्तमानका र भविष्यका दुवै पुस्ताहरूको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवर्द्धन एवम् प्रोत्साहन गर्ने लक्ष्य लिएको बैंकले बताएको छ । उक्त अभियान नोभेम्बर २० देखि डिसेम्बर ३१ सम्म सञ्चालन हुनेछ ।
यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरूलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ प्याकेज (बैंकको मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, भाइबर बैंकिङ, इमेल समाधानहरू) र खुत्रुक्के लगायतका आकर्षक उपहारहरू प्रदान गरिने बैंकले जनाएको छ ।
बचत खाताका अफरहरूका साथै ग्राहकहरूले विभिन्न प्रतियोगितामा भाग लिन पनि सक्ने बताइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै