- बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशित गरेको छ । बैंकले १६ प्रकारको बचत खाताको व्याजदर प्रकाशित गरेको हो । उक्त व्याजदर बैंकले सोमबार (भाद्र १५ गते) देखि लागू हुने गरी नयाँ व्याजदर प्रकाशित गरेको हो ।
बैंकले प्रकाशित गरेको बचत खातामध्ये १० प्रकारको बचत खातामा २.५० प्रतिशत, ५ प्रकारको बचत खातामा ४ प्रतिशत र १ प्रकारको बचत खातामा ४.५० प्रतिशत व्याजदर तोकेको छ ।
बैंकले प्रकाशित गरेको नयाँ व्याजदरमा न्युनतम २.५० प्रतिशत र अधिकतम ४.५० प्रतिशत व्याज कायम गरेको छ । यता बैंकले मुद्दती खातामा ६.५० प्रतिशतदेखि ७.५० प्रतिशतसम्म व्याज प्रदान गर्ने भएको छ । त्यस्तै, बैंकले २६ प्रकारको कर्जाको व्याजदर पनि प्रकाशित गरेको छ ।
यस्तो छ बैंकको नयाँ व्याजदरः