- बैंकिङ संसार
काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट सम्झौता भएको छ । मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार उक्त सम्झौतापश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवासुविधामा २०% छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छुट पाउनेछन् ।
यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ ।
समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।
काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेसनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवासहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।
नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दछ ।