National

बैंकर दम्पतीमा कोरोना संक्रमण पुष्टी

 Global IME Bank
  • बैंकिङ संसार 
तनहुँ । बैंकर दम्पतीमा कोरोना संक्रमण पुष्टी भएको छ । तनहुँको बन्दीपुरमा रहेको दुई वटा बैंक शाखामा कार्यरत श्रीमानश्रीमतीलाई कोरोना संक्रमण पुष्टी भएको हो । श्रीमती गरिमा विकास बैंकका र श्रीमान ग्लोबल आइएमई बैंकका कार्यरत कर्मचारी हुन् । 
उनीहरुमा कोरोना संक्रमण भेटिएसँगै बैंकका दुवै शाखा बन्द गरिएको छ । बन्दीपुर गाउँपालिकामा एक हप्ता निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा आइतवार खुलेपनि दुवै जना बैंकमा भने आएका थिएनन् । 
संक्रमित दुवै कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । त्यस्तै, दुवैबैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । 
संक्रमितको बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको छ । पछिल्लो समय बैंकरहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै