National

डेढ अर्ब रुपैयाँ लगानी गर्दै नेपाल राष्ट्र बैंक, बैंकहरुलाई आवेदन दिन आग्रह

 Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको डेढ अर्ब रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । एक सुचना जारी गर्दै राष्ट्र बैंकले निक्षेपमा लगानीका लागि क वर्गका वाणिज्य बैंक, ख वर्गका विकास बैंक र ग वर्गका फाईनान्स कम्पनीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
बैंकले उक्त रकम २०७८ असार २० गतेसम्म अर्थात २ सय ९१ दिनका लागि मुद्दति खातामा लगानी गर्न लागेको पनि जनाएको छ । बैंकले वाणिज्य बैंकका लागि १ अर्व २० करोड, विकास बैंकका लागि २२ करोड ५० लाख र फाईनान्स कम्पनीका लागि ७ करोड ५० लाख रुपैयाँ मुद्दति खातामा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले उक्त रकम लिन इच्छुक बैंक तथा फाईनान्स कम्पनीहरुलाई आफुले दिन सक्ने व्याजदर तोकेर आवेदन दिन आग्रह गरेको छ । बैंकले तोकेको शिलबन्दी प्रस्ताव सम्बन्धी फारम भरी भदौ २३ गते मंगलबारसम्म बुझाउन अनुरोध गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै