National

राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार
सुर्खेत । राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको सुर्खेत शाखामा कार्यरत १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आईसोलेसनमा राखिएको छ । 
त्यस्तै बैंकका अन्य कर्मचारीहरुलाई होम क्वारेन्टाईनमा राखिएको छ भने संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । 
कोरोना संक्रमण भेटिएसँगै बैंकका उक्त शाखा एक हप्ताको  लागि बन्द गरिएको छ । बैंकका कर्मचारीमा शुक्रबार प्रदेश अस्पताल /पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण भेटिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै