काठमाडौँ । बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाब, असुरक्षित कार्य वातावरण, श्रम अधिकार, मानसिक स्वास्थ्य तथा बैंक कर्मचारीको आत्महत्या प्रति प्रमुख सातवटा बैंकका कर्मचारी युनियनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
ग्लोबल आइएमई बैंकका कर्मचारी पीताम्बर खड्काको आत्महत्यापछि जारी संयुक्त विज्ञप्तिमा उक्त घटनालाई बैंकिङ क्षेत्रको प्रणालीगत समस्याको संकेत भनिएको छ।
युनियनहरूले अत्यधिक मानसिक दबाब, कार्यजीवन सन्तुलनको अभाव तथा बाह्य दबाब समूहबाट हुने दुर्व्यवहार र धम्कीले कर्मचारीहरू प्रभावित भइरहेको बताएका छन्। यो हेर्नुहोस्:


