बैंकिङ कसुर मुद्दामा हर्कबहादुर बुढा पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर बस्ने ४६ वर्षीय हर्कबहादुर बुढा रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका ४ घर भई ललितपुर बस्ने ४६ वर्षीय हर्कबहादुर बुढालाई बुधबार कलङ्कीबाट पक्राउ गरेको हो।

बुढालाई जिल्ला अदालत काठमाडौंले २०८२ पुस १ गते बैंकिङ्ग कसुर मुद्दामा पक्राउ अनुमति दिएको थियो। अदालतको अनुमति लगत्तै फरार रहेका बुढामाथि २ करोड ५८ लाख रुपैयाँ बिगो तोकिएको छ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै