PRABHU BANK

ऋणीलाई पुनरकर्जाको लागि आवेदन दिन गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको आग्रह

 Guheshwori Finance
  • बैंकिङ संसार
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । फाइनान्सले पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
ऋणीहरुले आवेदन दिनको लागि सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने आग्रह पनि फाइनान्सले गरेको छ । फाइनान्स कम्पनीले एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७’ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । 
ग्राहकहरुले नजिकै रहेको कम्पनीको शाखाबाट आवश्यक कागजातहरुसहित आवेदन दिन सक्नेछन् । उक्त आवेदन भने ग्राहकहरुले आश्विन १ गतेसम्म मात्र दिन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै