सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले शुक्रबारदेखि संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले एक संस्थापक सेयरधनीको नाममा रहेको ६ हजार ५४० कित्ता सेयर बिक्रीमा राखेको छ ।

बैंकले सो सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिने जनाएको छ। सो सेयर खरिद गर्न इच्छुक बैंकका संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा के कति कित्ता सेयर खरिद गर्ने हो सो खुलाई निवेदन दिनपर्ने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्