PRABHU BANK

गरिमा विकास बैंकको १४.५० प्रतिशत लाभांश प्रस्ताव

Garima bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १४.५० लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त बैठकले चुक्तापुँजीको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख १३ हजार रुपैयाँ बोनस बाँड्ने प्रस्ताव गरेको छ ।
त्यस्तै कर प्रयोजनसहित १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात् बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै