PRABHU BANK

म्याक्स बचत तथा ऋण सहकारी संस्थाले बोलायो साधारसभा, यस्ता छन् मुख्य एजेण्डा

Max Co-operative
  • बैंकिङ संसार
काठमाडौं । म्याक्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो १३औं वार्षिक साधारणसभा असोज २१ गतेको लागि बोलाएको हो । 
कम्पनीको असोज ३ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार साधारणसभा बोलाएको हो । सभामा संचालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित हुने भएको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम, आर्थिक तथा लेखा परीक्षकको प्रतिवेदन, संचालक तथा अन्य समितिको चुनाव, संस्थाको विनियम संसोधन गर्ने विषयमा छलफल हुने भएको छ । 
यसैगरी आर्थिक वर्ष २०७७/७८ को लागि परीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायत विषमा छलफल हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै