PRABHU BANK

कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा कार्तिकमा हुने

Kantipuri Co-operative
  • बैंकिङ संसार
काठमाडौं । कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २०औं वार्षिक साधारणसभा कार्तिक ५ गते बुधबार हुने भएको हो ।
कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार साधारणसभा हुने भएको हो । कम्पनीको साधरणसभा संस्थाको केन्द्रीय कार्यालय गोंगबु परिसरमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । 
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने भएको छ । 
यस्तै कम्पनीको आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, लाभांश वितरणका लागि स्विकृत गर्ने लगायतका विषयमा छलफल गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै