National

प्राइम बैंकले गर्यो भीमसेन मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग, राजेन्द्रदास श्रेष्ठद्धारा चेक हस्तान्तरण

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम बैंकले भीमसेन मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग गरेको छ । बैंकले पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
मन्दिर पुनःनिर्माणमा स्थायनीयवासी आफै जुटेपछि बैंकका अध्यक्ष श्रेष्ठले १० लाख रुपैयाा सहयोग गरेको महर्जनले जानकारी दिए । यस्तै यसअघि वाणिज्य बैंकले ५ लाख, एभरेष्ट बैंकका अध्यक्षले १ करोड, तदर्थ समितिका सदस्यले ९० हजार र ललितपुर महानगरपालिकाले १ करोड रुपैयाँ सहयोग गरिसकेको पनि महर्जनले बताएका छन् । ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक ४ करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले बताए । 
मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौं स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनःनिर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको पनि श्रेष्ठले बताएका छन् । मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ । 
मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरका सबै जातीय समाजलगायत विभिन्न सङ्घ संस्था लागि परेका छन् ।
मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएका छन् । यसैगरी मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रिका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने सङ्घले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime