PRABHU BANK

मेगा बैंकले ल्यायो विद्यालयहरुको लागि आकर्षक कर्जा योजना, यस्ता छन् सुविधाहरु

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले विद्यालयहरुको लागि आकर्षक कर्जा योजना ल्याएको छ । बैंकले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुको लागि आकर्षक कर्जा योजना ल्याएको हो । प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो व्याजदरमा १ करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । 
अब प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुलेसमेत विभिन्न सुविधा पाउन सक्नेछन् । प्याब्सन वा एनप्याब्सनको सिफारिस पत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई १ करोड रुपैंयासम्मको कर्जा दिने बैंकले जनाएको छ । साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने पनि जनाएको छ ।
यसैगरी अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने बैंकले जनाएको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै निजी विद्यालयहरु पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकले यस्तो योजना ल्याएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै