समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले सर्वसाधारण जो कोहीले खरिद गर्ने मिल्ने गरी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

संस्थाले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको २ हजार कित्ता सेयर बिक्रीमा राखेको हो। कम्पनीले यसअघि ३५ दिने सूचना जारी गर्दै कम्पनीको विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री खुला गरेको सो सेयरमा उनीहरुबाट आवेदन नपरेसँगै अब भने उक्त सेयर सर्वसाधारमा बिक्री खुला गरेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक खरिदकर्ताले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा संस्थाको केन्द्रिय कार्यालय बनेपा ७ काभे्रपलाञ्चोकमा निवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्