‘पैसाको सदुपयोग गर्न जान्नुपर्छ’

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताएका छन्। उनले सोमबार ग्लोबल मनी विकलाई सम्बोधन गदैँ पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताएका हुन् ।

बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताए ।

गभर्नर पौडेलले भने, ‘पहिलापहिला जमनामा ऋण तिर्न जानेन भने तपाईंलाई जिन्दगीभर कमरो बनाइदिन्थे । तपाईंले अरुका लागि काम गर्नुपथ्यो । तपाईंको बा, हजुरबाले त्यतिबेला राम्रोसँग पैसा चलाउन जान्नु हुँदैन्थ्यो । त्यतिबेला जे गर्छु भनेर पैसा लग्नुभयो, गरेनन् । ऋण सदुपयोग गरेनन् । अहिले पनि अरुको पैसा लिएर गएर दुरुपयोग गरियो भने त्यसको क्षति धेरै ठूलो हुन्छ । त्यो बुझ्न एकदमै जरुरी छ । पैसा भनेको राम्रोसँग चलाउने चिज हो । पैसा सदुपयोग गर्ने चिज हो । मेहनत गरेर कमाएको चिज हो । सदुपयोग गरेर चलाउनुपर्छ ।’

गभर्नर पौडेलले पैसा कमाउनु मेहनतको प्रतिफल भएको बताए । उनका अनुसार मेहनतले कमाएको पैसालाई ख्याल गर्नुपर्छ । अनावश्यक ठाउँमा पैसा खर्च गर्न नहुने उनको भनाइ छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्