prabhu

सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपकोबीच सम्झौता, यस्ता छन् ग्राहकका लागि नयाँ सुविधा

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र पे नेपको (मोरु) बीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिनको लागि उक्त सम्झौता गरेको हो ।
बैंकका ग्राहकले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपकोमा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेटजस्ता विभिन्न सुविधाहरु प्राप्त गर्न सक्ने भएका छन् ।
यो सुविधा चेक र एटीएमको विकल्पको रुपमा आएको हो । बैंकले देशभरी रहेको ९१ शाखा कार्यालय, ३० एटिएममार्फत आफ्ना ग्राहकमहानुभावहरुलाई आधुनिक बैंकिङसेवा प्रदान गर्दै आईरहेको छ । 
यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पनि पालना गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै