स्वाभिमान लघुवित्तले लाभांश दिने, सेयरधनीहरू मख्ख !

काठमाडौँ। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेको छ। लघुवित्तको फागुन १५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको हो।

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँको ९.५० प्रतिशत बोनश सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्