National

जनरल इन्स्योरेन्सले आईपीओ मंगलबार बाँडफाँड गर्ने

General Insurance
  • बैंकिङ संसार
काठमाडौं । जनरल इन्स्योरेन्सले मंगलबार आईपीओ बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलले असोज १८ गते आईतबार साँझसम्ममा प्रिअलटमेन्ट गरेर मंगलबार भित्र आईपीओ बाँडफाँड गर्ने जनाएको छ । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म १ सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीको लागि निष्कासन गरेको थियो । यस्तै १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाइएको थियो भने बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि छुटयाइएको थियो ।
कम्पनीको आईपीओमा करिब ८ गुणा बढी आवेदन परेको छ । असोज १४ गते अन्तिम दिनसम्ममा ८ लाख १३ हजार ७ सय २५ आवेदकबाट २ करोड २४ लाख ७७ हजार ३० कित्ताको लागि आवेदन परेको थियो ।
सेयर निष्कासन तथा बाँडफाँड नियमावली अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गर्दा २ लाख ७३ हजार जनाले मात्रै सेयर पाउने भएका छन् । हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा २० करोड ९६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो भने ५ करोड ६ लाख खुद नाफा कमाएको थियो । यस कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ७ रुपैयाँ २३ पैसा छ भने जगेडा कोषमा ४ करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै