चितवनमा १९ जना उम्मेदवारले लिए बैंक खाता खोल्न अनुमति

काठमाडौँ। चितवनमा १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका हुन् ।

जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरूले बैंकिङ कारोबारका लागि अनुमति लिएका हुन्। जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ कारोबारका लागि सिफारिस लिनेमा १८ जना राजनैतिक दलका उम्मेदवार हुन भने एक जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

जिल्लामा रहेका ११ जना उम्मेदवारले आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन्। श्रेष्ठका अनुसार तीन जना स्वतन्त्र उम्मेदवार र आठ जना राजनीतिक दलका उम्मेदवारले आफ्नो घोषणापत्र बुझाएका हुन्। आयोगले फागुन ३ गतेसम्म उम्मेदवारहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउन आग्रह गरेको थियो।

जिल्लाका १६२ मतदानस्थल र ४९४ मतदान केन्द्र रहेका छन्। तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता छन्। जसमा दुई लाख १७ हजार ३१४ पुरुष र दुई लाख २४ हजार ७६६ महिला एवं दुई तेस्रो लिङ्गी छन्।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै