काठमाडौँ। नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले ८ थान नक्कली नोटसहित सुनसरीका आजाद मियालाई पक्राउ गरेको हो।
उनलाई सुनसरीको इनरुवा नगरपालिका ५ मा रहेको सब्जी बजारमा सब्जी खरिद गर्ने क्रममा जाली नोट दिएको भन्ने प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनलाई चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट जाली नोट जस्तो देखिने ५ सय दरका आठ थान जम्मा ४ हजार फेला परेको छ।
हाल मियाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

