वाणिज्य बैंकहरुबाट १ खर्ब बढी सेयर कर्जा प्रवाह

काठमाडौँ। वाणिज्य बैंकहरुले १ खर्ब बढी सेयर कर्जा प्रवाह गरेका छन्। चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले १ खर्ब २९ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेका हुन्।

जसमध्ये सबैभन्दा धेरै सेयर लोन नबिल बैंकले १६ अर्ब ९५ करोड २८ लाख रुपैयाँ प्रवाह गरेको छ।

अघिल्लो वर्षको पुससम्मको तुलनामा समीक्षा अवधिमा १७ वटा बैंकबाट गएको सेयर लोन बढेको छ। सिटिजन्स र नेपाल बैंकले सेयर लोन प्रवाह घटाएका छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो शीर्षकमा कर्जा प्रवाह गरेको छैन।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्