२८ थान नक्कली नोटसहित एक जना प्रहरीको फन्दामा

काठमाडौँ। २८ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन्। सुनसरीको हरिनगरा गाउँपालिका १ बाट नेपाली एक हजार दरको नक्कली नोट २८ थानसहित एक जना व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा इनरूवा नगरपालिका १० बस्ने २५ वर्षीय बहिस मिया रहेका छन्। उनलाई बुधबार अर्थात् माघ २१ गते प्रहरीले पक्राउ गरेको हो।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो।

हाल यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्