‘बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने सबैको प्राथमिकता हो’

काठमाडौँ। गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका सचि माधवप्रसाद उपाध्यायले बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनुपर्नेमा सबैको प्राथमिकता आवश्यक रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौँमा आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमा बोल्दै उनले यस्तो बताएका छन्।

कार्यक्रममा उनले निक्षेपकर्ताको निक्षेपलाई असर पुग्ने गतिविधि गर्न नहुने पनि उल्लेख गरेका छन्।

उनले भने, ‘पाँच करोड ८० लाख निक्षेप खाता छन् । यसमा दोहोरिएका पनि हुन सक्छन्, यी निक्षेपकर्ताको निक्षेपलाई असर पुग्ने गतिविधि हुन हुँदैन, बैंकिङ क्षेत्रलाई सुरक्षित बनाउनुपर्ने सबैको प्राथमिकता हो।’

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्