आज सार्वजनिक बिदा, बैंक तथा वित्तीय संस्थाहरू बन्द !

काठमाडौँ। आज बैंक तथा वित्तीय संस्थाहरू बन्द रहेका छन्। सरकारले माघ १६ गते शहिद दिवसकाे अवसरमा पारेर देशभर सार्वजनिक बिदा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरू बन्द रहेका हुन्।

तर कतिपय वाणिज्य बैंक तथा विकास बैंकहरुले आफ्ना ग्राहकहरूको समस्यालाई मध्यनजर गर्दै बिदाका दिनमा पनि शाखा कार्यालयहरू सञ्चालन गरेर बैंकिङ सेवा दिइरहेका छन्।

सानिमा बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, एनएमबि बैंक, हिमालयन बैंक,एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक तथा  कामना सेवा विकास बैंक लगायतका बैंकहरुले केही शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गरिरहेका छन् ।

सार्वजनिक बिदा भएकाले आज प्राय: शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सेयर बजार तथा सरकारी कार्यालयहरू बन्द रहनेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्