ममता कुँवर बैंकिङ कसुर मुद्दामा पक्राउ, अब हुन्छ जेल !

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा गुल्मीको रुरु क्षेत्र घर भई कागेश्वरी मनहरा बस्ने ममता कुँवर रहेकी छिन्।

बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालत बबरमहलले १ लाख ६३ हजार जरिवाना, ३ दिन कैद र ६ हजार ५ सय ४० रुपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने फैसला गरेपछि उनी फरार भएकी थिइन्।

हाल उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनहराबाट पक्राउ गरीसकेको छ। ममतालाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत बबरमहल पठाइएको प्रहरीले जनाएको छ

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्