बैंकहरुलाई आमनिर्वाचन लक्षित छुट्टै बैंक खाता खोल्न निर्देशन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आमनिर्वाचनका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका नाममा आज एक परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

निर्वाचन आयोगको अनुरोधबमोजिम राष्ट्र बैंकले यो व्यवस्था गर्न लागेको हो। निर्वाचन सम्पन्न भई निर्वाचन आयोगले निर्णय गरी बैंक खाता बन्द गर्न नलगाउँदासम्म प्रदेश निर्वाचन कार्यालय ता जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिसमा आमनिर्वाचन अभियान समूह (वा यस्तो मिल्दो अन्य कुनै)का नेपाली मुद्राको आम्दानी खर्च कारोबार गर्न सक्ने गरी प्रत्येक राजनीतिक दल तथा ती दलका प्रतिनिधित्व गर्ने उम्मेदवार (समानुपातिकसमेत) एवं स्वतन्त्र उम्मेदवारहरुलाई छुट्टै एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाउन बैंकहरुलाई परिपत्रमार्फत निर्देशन दिइएको छ।

यसरी खोलिने बैंक खाताको हकमा राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा रहेको बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिका नाममा स्वदेी मुद्रामा एउटा प्रकृतिको एकभन्दा बढी खाता नपाउने भन्ने व्यवस्थामा निर्वाचन आयोगबाट उक्त बैंक खाता बन्द गर्न नलगाउँदासम्म छुट प्रदान गरिएको परिपत्रमा उल्लेख छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्