PRABHU BANK

प्रभु मनि ट्रान्सफरले ल्यायो दशैं तिहारलाई लक्षित गर्दै अफर योजना

Prabhu Money Transfer
  • बैंकिङ संसार
काठमाडौं । प्रभु मनि ट्रान्सफरले दशैं तिहारलाई लक्षित गर्दै अफर योजना ल्याएको छ । कम्पनीले सुरक्षित मनाऔ‌ं महान् पर्व, प्रभुको उपहारसँग’ नामक अफर योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुने कम्पनिले जनाएको छ । उक्त योजना अन्तर्गत ग्राहकले हरेक हप्ता ३२ इन्चको टिभीसहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् ।
यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत वालेटमा रु ३० बराबरको टपअप र प्रभु डिजिटलको वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाको अतिरिक्त बोनस पाउनेछन् । यो योजना भने अक्टोबर १५ देखि नोभेम्बर २० सम्म लागु हुने कम्पनिले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै