मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा, खुद ब्याज आम्दानी पनि १३.८७ प्रतिशतले बढ्यो !

काठमाडौँ। मञ्जुश्री फाइनान्सले चालू आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। फाइनान्सले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको तुलनामा १५.६३ प्रतिशतले बढेको देखिएको छ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्म कम्पनीले १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६३ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्म फाइनान्सले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३.८७ प्रतिशतले र कुल सञ्चालन आम्दानी १२.६४ प्रतिशतले बढेको छ । तर, कम्पनीको खुद फी तथा कमिसन आम्दानी २.०३ प्रतिशत र सञ्चालन मुनाफा ११.५४ प्रतिशतले घटेको छ।

फाइनान्सको वितरणयोग्य मुनाफा २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ८७ पैसा रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७१ पैसा बढेर २० रुपैयाँ ३ पैसा पुगेको छ भने फाइनान्सको मूल्य आम्दानी अनुपात ३९.८९ गुणा र प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ।

फाइनान्सको चुक्ता पुँजी १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब १ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्