- बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले थप नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले पर्सा जिल्लाको विरगन्ज महानगरपालिकास्थित वडा नं ०९ जिल्ला प्रशासन कार्यालय परिसरमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । उक्त एक्स्टेन्सन काउन्टरको असोज २९ गते बिहिबारदेखि नै कारोबार सुरु भएको हो ।
यस काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकले देशभर रहेको २ सय ९ वटा शाखा कार्यालय, १ सय ९४ वटा एटीएम, ५४ वटा एक्स्टेन्सन काउन्टर र १७ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।