National

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक एक-आपसमा गाभिने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंक एक-आपसमा मर्ज हुने भएको छ । काठमाडौंको नारायाहिटी पथमा केन्द्रीय कार्यालय रहेको सिटिजन्स बैंकले बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने भएको हो । 
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धी नियमावली २०७३, बमोजिम सिटिजन्स बैंकले नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत पत्र प्राप्त तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न कार्तिक १ गते शनिबार प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकले जनाएको छ । 
तिनाउ मिसन डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय बुटवलमामा कार्तिक १ गते साझ एक कार्यक्रमकाबीच यी दुई कम्पनीले मर्जर सम्बन्धी हस्ताक्षर गरेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकका तर्फबाट संचालक मर्जर तथा प्राप्तीका संयोजक प्रवल जंक पाण्डे र तिनाउ मिसन डेभलपमेन्ट बैंकका तर्फबाट संचालक मर्जर तथा प्राप्तीका संयोजक राजेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९६ कित्ता सेयर पाउने प्रारम्भिक सम्झौता भएको पनि बैंकले जनाएको छ ।
सिटिजन्स बैंकले हालसम्म १ सय ११ वटा शाखा कार्यालय, ९९ वटा एटिएम, १ सय ४ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकले पनि हालसम्म ५३ वटा शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

tax