एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डा नियुक्त भएकी छिन् । बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छिन् ।

नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवाल बाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएका छिन् ।

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका उनले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेका थिए । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंकले स्वागत तथा बधाई ज्ञापन व्यक्त गरेको छ ।

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै