PRABHU BANK

एनएमबि बैंक र आइएमएसबीच सम्झौता, मोबाइल खरिद गर्दा १० प्रतिशतसम्म छुट पाइने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक र आइएमएसबीच सम्झौता भएको छ । एनएमबि बैंकका ग्राहकहरुले सामसङको मोबाइल किन्दा विशेष छुट पाउने गरी बैंक र आइएमएसबीच सम्झौता भएको हो । 
बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगा डिलअन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा सम्झौता भएको हो । 
एनएमबि बैंकका तर्फबाट प्रमुख रिटेल बैंकिङ रोशन रेग्मी र आइएमएसका प्रबन्धक सेल्स र अपरेशन नारायण भुषालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यकासाथ आइएमएसले यो अभियान सुरु गरेको पनि बैंकले जनाएको छ । 
एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफरअन्तर्गत ग्राहकले सामसङ मोबाइलको प्रत्येक खरीदमा १० प्रतिशत छुट वा १ हजारसम्म नगद फिर्ता पाउन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै